७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सोलुदुधकुण्ड नगरपालिका ६ को वडा कार्यालय भवन शिलन्यास


२६ पुस २०७८, सोमबार  

0
Shares

सोलुखुम्बु : सोलुदुधकुण्ड वडा नम्बर ६ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । वडा नम्बर ६ को दोर्पुमा बन्न लागेको कार्यालय भवनको आज (आईतबार) एक कार्यक्रमका विच शिलन्यास गरिएको हो ।

जिल्ला समन्वय समितिको ५९ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माण कार्य आगामी असार मसान्त भित्र सक्ने समय सिमा पाएको निर्माण कम्पनी खुम्निल निर्माण सेवाले जनाएको छ । तर आफुहरु आगामी बैशाख भित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि लागी परेको कम्पनीका सञ्चालक धन बहादुर  विश्वकर्माले जानकारी दिनुभयोे ।

जिल्ला समन्वय समितिले पर्यटन रोयल्टीको रकमबाट जिल्लाको २९ वटा वडा कार्यालय निर्माण गर्ने जनाएको छ । जस मध्ये सोलुदुधकुण्ड नगरपालिकाका ९ वटा, थुलुङ दुधकोशी गाउँपालिकाको ५ वटा, सोताङको ३ वटा वडाको भने प्रकृयामा आईसकेको जनाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ५२ बजे