३० असार २०८२, सोमबार | Tue Jul 15 2025

हेवा खोलाको बेलीब्रिज सञ्चालनमा



पाँचथरः हेवा खोलाको बेलीब्रिज निर्माण सम्पन्नपछि आज आइतबारदेखि संचालनमा आएको छ ।

सवारी आवतजावत गर्न एकतर्फीरूपमा २५ टन भन्दा बढीको ढुवानी गर्न नमिल्ने लगायतका नियमहरु लागु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

असार  ३ गते परेको अविरल वर्षाका कारण पाँचथर जिल्लाको हेवा खोलास्थित मोटरेवल पुल बगाएर मेची राजमार्ग अवरोध भएको थियो । करिब एक महिनापछि

बैकल्पिकरुपमा तुइन,फड्के तथा अस्थायी डाइभर्सन पुल संञ्चालन गरि सवारी साधनहरुको  आवत-जावत हुँदै आएको थियोे । करिब एक महिनापछि पुल आजदेखी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : ०१ बजे