१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पहिचानवादीहरुले पनि वर्गको कुरा उठाउनुपर्छ



मोरङ । संसारमा सामाजिक लोकतान्त्रिक दलले कम्युनिस्ट दलहरू भन्दा बढी जनसेवा गरिरहेको वेष्टर्न मिचिगन युनिभर्सिटी अमेरिकाका प्राध्यापक डा. महेन्द्र लावतीले बताएका छन् ।

उर्लाबारीस्थित धिमाल जातीय बिकास केन्द्रको सभाहलमा सोमबार आयोजित पहिचान, संघीयता र समृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै लाओतीले सो कुरा बताएका हुन् ।

प्रदेश न १ पुनस् नामाङ्कन संयुक्त संघर्ष समिति, मोरङको आयोजनामा भएको कार्यक्रममा प्रमुख वक्ता रहेका लाओतीले पहिचानवादीरुहले पनि वर्गको कुरा उठाउनुपर्ने बताए । विगतको चुनावको तथ्यांकले पहिचानबादी दलहरु बिस्तार भए पनि काठमाडौका तथाकथित संचार माध्यममा पहिचानको आन्दोलन हराएको सेलाएको भनेर भ्रम छरिरहेकोमा आक्रोश पोखे । पहिचाबादी दल लोसपा र जसपाले चुनाव जितेको, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको उदय भएकाले पहिचानबादी दल बिस्तार भइरहेको प्राध्यापक डा.लावतीको तर्क थियो ।

कार्यक्रममा किरात राई यायोख्खाका उपाध्यक्ष तिलक राई, धिमाल जातीय बिकास केन्द्रका महासचिब मातृका धिमाल, किरात याक्थुङ चुम्लुङका संघीय सदस्य बिमला पालुङ्वा, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य लोक सागर साम्बा लगायतले पनि बोलेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ३४ बजे