२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

दमकमा खुला फुटसल प्रतियोगिता हुदैं



दमक । झापाको दमकमा गेम ग्यारेज नेपालको आयोजनामा श्रीयन्त्र खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

बुधबार पत्रकार मञ्च दमकमा आयोजित पत्रकार सम्मेलनमा असोज ५ र ६ गते दमक ५ को बिस्ट फुटसल कोर्टमा आयोजना गरिने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो  ।

श्रीयन्त्र कलेज दमक ९ ले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका २० वटा टीम सहभागी हुने आयोजक संस्थाका फाउण्डर प्रशुभ प्रसाईंले जानकारी दिएका छन् ।

प्रतियोगितका विजेताले नगद ४० हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले नगद २० हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगितामा विभिन्ना विधाका उत्कृष्ट खेलाडीलाई पनि प्रायोजकहरु मार्फत पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।

पब्जी लगायत ईगेमिङ प्रतियोगिता आयोजना गर्दै आएको गेम ग्यारेजले बढ्दो फुटसल क्रेज अनुसार यो प्रतियोगिता आयोजना गर्न लागेको संस्थाका को फाउण्डर निरोज लावतीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले दक्षिण अमेरिकाबाट सुरु भएको फुटसल संस्कृतिले नेपाललाई पनि प्रभावित पारेको टिप्पणी गरेका थिए ।

सहभागी टीमबाट प्रवेश शूल्क वापत नगद चार हजार रूपैयाँ लिइएको आयोजक मध्येका आशिष तिवारीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी टीम र समूह –

समूह ‘ए’
गामस्त फुटसल, डी बी एफ सी, भीसी ब्रदर्स, दमक ८ युथ क्लब र इटहरी स्पोर्टस् एरिना

समूह ‘बी’
रणभूमि फुटसल, राइजिङ युथ क्लब, ठूल्दाइ एफ सी, लालीगुराँस एफ सी, बिर्तामोड युनाइटेड

समूह ‘सी’
आदर्श कलेज, स्काई पावर ‘बी’, साकाटर एफ सी, बिस्ट फ्याक्ट्री, योङ बोइज

समूह ‘डी’
ब्रदरहुड एफ सी, इन्द्रेणी युथ क्लब, स्काई पावर ‘ए’, टीम भीम, लिटल किकर्स

 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ३ : ५१ बजे