७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङमा किरण थोप्रा स्मृति भलिबल प्रतियोगिता सम्पन्न



माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा स्वर्गीय किरण थोप्रा स्मृति भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा १० टिम सहभागि रहेको थियो । मिक्लाजुङ कुरुम्बा टोलीलाई पराजित गर्दै विवाइसी दमक झापाले उपाधि चुमेक। विजेता टिमले ट्रफिसँगै नगद १५ हजार सहित मेडल प्रमाणपत्र र उप विजेता टिमले ट्रफिसँगै नगद १० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

शुक्रबार सुरु भएको भलिबल प्रतियोगिताको प्रमुख अतिथि गुरु सुपुत्र नाम्बिनहाङ लिङदेन लगायत किरात धार्मिक संघ संस्थाका प्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

ताप्लेजुङको फाकुम्बामा वि.स. २०४२ साल पुस २६ गते जन्मिएका स्व. किरण थोप्रा (खगेन्द्र) निजी गुरु आश्रममा गुरु सेवकको रुपमा लामो समय कार्यरत थिए । उनको देहान्त वि.स. २०६८ साल जेठ १४ गते भएको थियो ।

 

भलिबल प्रतियोगिता किरात साम्यो हक्चात यक्चुमको अध्यक्ष मनकुमार आङबुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १२ : ५७ बजे