काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।
सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । onlinekhabar.com बाट