२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

प्रदेशस्तरीय प्रथम अध्यक्ष कप : आयोजक कमललाई हराउदै, टेम्के क्लबको बिजयी सुरुवात



कमल : प्रदेशस्तरीय प्रथम अध्यक्ष कपको सेमिफाईनलमा टेम्के फुटबल क्लब धरान,सुनसरी प्रबेश गरेको छ ।

बुधबार कमल गाउपालिकाको केर्खा खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० गोल अन्तरले हराउँदै टेम्के क्लब धरान सेमिफाईनलमा प्रबेश गरेको हो ।   

टेम्केको जितमा जनक कोईरालाले एक मात्र गोल गरे । उनले खेलको २६ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच टेम्के धरानका जनक कोईराला घोषित भए ।

आज देखि सुरु भएको अध्यक्षकपमा प्रदेशभरीका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेड स्टार फुटबल क्लब इलाम, श्री नयाँ श्रीनाथ गण चारआली झापा र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।

प्रतियोगिता अन्तरगत भोलि (बिहिबार) धनकुटा फुटबल क्लब धनकुटा र श्री नयाँ श्रीनाथ गण चारआली झापा हुनेछ ।

प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा पाउने छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ४४ बजे