सुनसरी । पहिचान पक्षधरले पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै धनकुटा बन्द गरेका छन् ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आह्वानमा पक्राउ परेका पहिचानवादीहरुको बिनासर्त रिहाइको माग गर्दै आज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरेका हुन् ।

संघर्ष समितिले गरेको घोषित बन्दको कारण धनकुटा चल्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । सुनसरीको धरान–भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँथचरको ६ नं. बुधबारे–रवि, तेह्रथुम र भोजपुरबाट धनकुटा जाने सबै नाका बन्द गरिएको संघर्ष समितिले जनाएको छ ।
आन्दोलनमा संलग्न भएकै कारण झुटा मुद्दा लगाएर पहिचानवादी मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई पक्राउ गरेको उनीहरुको आरोप छ।


