८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

युकेको स्वडेनमा महागुरु फाल्गुनन्दको १३९ औ जन्मजयन्ती मनाइँदै



युके / बेलायतको स्वडेनमा किरात धर्म दर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभुति महागुरु मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाइने भएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा ११ नोभेम्बर २०२३ मा विगतका वर्षझैं यस वर्ष पनि महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औ जयन्ती कार्यक्रम भव्य रुपमा मनाउन लागेको  ज्ञानु फुरुम्बोले बताएका छन् ।

महागुरु फाल्गुनन्द लिङदेनलाई स्मरण गर्दै प्रत्येक वर्ष कार्तिक २५ गतेका दिन स्वदेश विदेशमा भब्य रुपमा जन्मजयन्ती मनाउने क्रममा युकेमा ११ नोभेम्बर २०२३ मा जन्मजयन्ती कार्यक्रम आयोजना गरिएको फुरुम्बोले बताए । त्यस्तै बेलायतमा बसोबास गर्ने किरात धर्मालबम्वी लगायत अन्य शुभचिन्तक महानुभावहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिने आयोजक समितिले बताएका छन् ।

कार्यक्रममा  मौलिक नृत्य युमालाङ, थेवा, माङलाङ समेत प्रस्तुत गरिने कलाकार संयोजक किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेका अध्यक्ष निर्मल पतङवाको भनाई छ ।

जन्मजयन्ती कार्यक्रममा युके भरि छरिएर बसेका माङसेवासाबा, माङसेवासामाहरुको उपस्थितिमा किरात साम्जीक मुन्धुम वाचन गरेर विश्व शान्ति मानव एकता चराचर, जगत शान्तिको कामना गरिने माङसेवासाबा संयोजक साङदाङगेन्न वरुमसाबा मंगलसिं लिङ्देनले बताउनु भएको छ ।

साङदाङगेन्न वरुमसाबा लिङ्देनका अनुसार मुन्धुम अनुसार गर्नु पर्ने कर्म, संस्कारहरु सबै गर्ने गरिन्छ, कुदाम, कुहिक सेवा, अक्वामा, युमा थेबा चासेक सेवा कर्महरु सबै गरिने भएको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ४ : ४८ बजे