२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

बिक्रम वनेमद्वारा निर्देशित यादनको तिहार गित ‘लारिङ्गे’ सार्वजनिक (भिडियो सहित)



  • आन्छुमे नसान

कातिक २७, काठमाडौं । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा बलिहाङ तङनाम विशेष गित ‘लारिङ्गे’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गित ‘लारिङ्गे’मा गायक तथा संगीतकार यादन सेर्मा नुनाम र गायिका थाङगुरी लाआोती आवाज रहेको छ ।

अम्मर तुम्याहाङको शब्दमा यादनकै संगीत रहेको भिडियोमा मिना नेम्वाङ, युगल योङहाङ, एम.के. योङहाङ र राजकुमार लिम्बूले अभिनय गरेका छन् ।बिष्णु आङबुहाङ तथा दिनेश माङमुको कोरियोग्राफीमा ज्ञानु श्रेष्ठको मेकअप तथा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा अनिल थोप्रा प्रडक्शन मेनेजर रहेका छन् ।

मनि ताम्लिङको संगित संयोजनमा ओपेरा स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियो यादन सेर्मा लिम्बू अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ३ : ३१ बजे