७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

माङसेबुङ ५ लासिङबुङमा पद्मारानी मेडिकल क्लिनिक उद्घाटन



माङसेबुङ । इलामको माङसेबुङ ५ लासीङबुङमा संचालनमा आएको सुविधा सम्पन्न पद्मारानी मेडिकल क्लिनिकको ओपनिङ भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ ‘ ज्यूले आइतबार एक कार्यक्रमबीच अङ्सीमाङले रिबन काटेर क्लिनिकको उद्घाटन गर्नुभएको हो । सो अवसरमा अङ्सीमाङले स्वास्थ्य चेकजाँच समेत गर्नु गर्नुभई विभिन्न उपकरणहरुको अवलोकन पनि गर्नु भएको थियो ।

 

त्यस्तै क्लिनिकका संचालक चित्रमाया सम्बाहम्फेले आम नागरिकलाई स्वास्थ्य सेवा प्रवाहमा गर्ने हेतुले क्लिनिक संचालनमा ल्याएको सम्बाहाम्फेले बताइन । उनलेे अमेरिका निवासी नेपालीहरुको सहयोगमा डेलिभरि बेड सहित दुई थान बेड , पाठेघर चेक गर्दा आवश्यक लाइट , आवश्यक समान सहयोग गर्नु हुने सहयोगदाताहरुलाई सम्बाहाम्फेले धन्यवाद समेत दिइन् ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष दुधबहादुर लाओती , किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा सदस्य लाखमान खजुम , माङ्सेबुङ ५ न. वडासदस्य तीलरुपा सबेन्हाङ , किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भो अध्यक्ष बलराम खजुम , लेखक तथा पूर्व नालिफुङ्वा सचीव भगिहाङ नेम्वाङ ( रानिटारे साइला ) , आत्मा पवित्र किरातेश्वर गौशालाका अध्यक्ष वीरबहादुर आङला, किरात साम्यो साक्थिमगेन पान्जुम्भो पूर्व सदस्य मंगलसिंह लाओती , किरात साम्यो नालिफुङ्वा माङ्सेबुङ पान्जुम्भोका अध्यक्ष बाइस कुमार राई , सुवास खेसाङ लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ४७ बजे