७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कपको तयारी पूरा, उद्घाटन खेलमा माङसेबुङ र भुटान प्रतिस्पर्धा गर्दै



माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि शुक्रबारदेखि शुरु हुने आत्मानन्द कप खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको तयारी पुरा भएको हो ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम हुने खेलकुद प्रतियोगिताको तयारी पुरा भएको आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए । आत्मानन्द खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल माङसेबुङ गाउँपालिका खेलकुद समिति माङसेबुङ इलाम र बि.वाई.सी भुटानबीच भोली अपरान्ह २  वजे शुरु हुने अध्यक्ष आङबुहाङले बताएका छन् ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख पाचँ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । अतिरिक्त तर्फ म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ छेलो, धनुकाँण, कराते, भलिबल लगायतका खेलहरु समेत सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय  ७० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : २४ बजे