७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : तिजोक युवाक्लब पाँचथर सेमिफाईनलमा



माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कप  फुटबल प्रतियोगितामा तिजोक युवा क्लब पाँचथर सेमिफाईनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज शनिबार भएको खेलमा धनकुटा जिल्ला फुटबल संघ,धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको ८ औं मिनेटमा धनकुटाका बुद्ध चेम्जोङले १ गोल गर्दै धनकुटालाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको तिजोक युवा क्लबले खेलको २१ मिनेटमा निर्देश राईले एक गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । त्यस्तै खेलको दोस्रो हाफको १६ औं मिनेटमा तिजोक पाचँथरका खेलाडि राईले एक गोल गदैं तिजोकलाई जीत दिलाएका थिए । तिजोक पाँचथरको जितमा दुबै गोल  राईले गरे ।

ए डिभिजन लिग खेलिसकेका नेपाली फुटबलमा ख्याती कमाएका बुद्ध चेम्जोङको कप्तानीमा उत्रेको धनकुटाले सुरुवाती समयमा आक्रामक खेलेका थिए । तर , पछि खेलाबिचको तालमेल नमिल्दा थुप्रै अवसरहरु प्राप्त गरे पनि गोल गर्नबाट चुक्दा हार भने टार्न सकेन । खेलको म्यान अफ दी म्याच विजेता टिम पाँचथरका निर्देश राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि(सोमबार) छथर गाउँपालिका तेह्रथुम र सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने समेत आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिएका छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

अतिरिक्त खेल तर्फ भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुने खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङले

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ५ : ४३ बजे