८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

माङसेबुङ भ्रमणमा आएका अमेरिकाका किरात धर्मावलम्बीहरुले धर्मगुरु भेट दर्शन



इलाम । संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुले किरात धर्मगुरु भेट दर्शन गरेका छन् ।

इलामको गुरु निजी आश्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङदेन भेट दर्शन शुक्रबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दर्शन भेट गरेका थिए ।

दर्शन भेटको क्रममा अमेरिकाको ३६ ओटा राज्यका प्रतिनिधि र भक्तजनहरु र माङसेबुङ भ्रमण २०२३ का संयोजक सुकमान सुहाङ, किरात कम्युनिटी अर्गनाइसेनका अमेरिकाका अध्यक्ष राजु इधिङगो, बेलायत प्रनिनिधि सान नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

दर्शन भेटको क्रममा किरात धर्मगुरुज्यूले अमेरिकामा रहेका किरात धर्मावलम्बीहरुलाई आशिर्वाद दिनुहुदै करिब ३० मिनेट आशिर्वचन समेत गर्नुभयो ।

कार्यक्रममा, किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, गुरु निजी आश्रम भौतिक निर्माण अध्यक्ष ताराबीर नेम्बाङ, कोषाध्यक्ष शेरबहादुर लाओती, गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, माङसेबुङ बिकास समितिका महासचिब उदयबिक्रम तुम्बापो, गुरु निजी सचिब टंक लिङदेनलगायतको उपस्थिति रहेको थियो भने भेट दर्शनमा किरात धर्म अमेरिकाका अध्यक्ष राजु इधिङगोले अमेरिकामा भईरहेको क्रियाकलापका गुरु समक्ष राखेका थिए ।

 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ४० बजे