३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

प्राथमिक स्वस्थ्य केन्द्रमा मेडिकल अधिकृतलाई गाउँपालिका अध्यक्षबाट स्वागत



माईजोगमाई:  माईजोगमाई गाउँपालिकाको सदरमुकाम भन्दा केही टाढा रहेको प्याङ प्राथमिक स्वस्थ्य केन्द्र प्याङमा डाक्टर नहुदा बिरामी हुने प्याङबासीले धेरै समस्या खेपिरहेको अवस्थामा आज माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईको पहलमा प्याङ प्राथमिक स्वस्थ्य केन्द्रमा मेडिकल अधिकृतको दरबन्दी पदपूर्ति भएको छ।

प्याङ प्राथमिक स्वास्थ केन्द्रमा रिक्त रहेको मेडिकल अफिसर को दरबन्दी पद पुर्ती भई आउनु भएका डा बिजय कुमार देब लाई गाउँपालिका अध्यक्ष जित बहादुर राई , वडा अध्यक्ष भवनी प्रसाद लिङ्दम,माईजोगमाई स्वास्थ शाखा प्रमुख राम संखर देब, ईलका प्रहरी कार्यलय (ख) नयाँबजारका प्रमुख भुपेन्द्र थापा , राजनैतिक दल का प्रतिनिधि लगायत  स्थानिय ले एक कार्यक्रम का विच स्वागत गरेका छन् ।

मेडिकल अधिकृत आएपछि गाउँपालिकाको वडा नं ६ प्याङबासीले खुसी ब्यक्त गरेका छन्  ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : २८ बजे