७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : मोरङलाई हराउँदै माङसेबुङ फाइनलमा



माङसेबुङ । आत्मानन्द कपको फाईनलमा माङसेबुङ गाउँपालिका  प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा आज(मंगलबार) भएको पहिलो सेमिफाईनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङलाई २–१ को गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रवेश गरेको हो ।

खेलको ३२ औं मिनेटमा माङसेबुङका गौरव धिमालले गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनले बिपक्षी टिमले फल गरेपछि पाएको फ्रिकिक्कको अवसरलाई सदुपयोग गर्दै सिधै जाली चुमाएको थिए । सिरिजंगा मोरङका लागि पारस कार्कीले ३९ औं मिनेटमा एक गोल फर्काए । माङसेबुङको जितमा गौरव धिमाल र सक्सेस राईले एक एक गोल गरे ।

खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङका गोलकिपर आयुस लिम्बू घोषित भए । उनले नगद  ३ हजार  प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि(बुधबार) दोस्रो सेमिफाईनल खेलमा तिजोक युवा क्लव पान्थर र पाहुना टिम एमएफसी खार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

आत्मानन्द कपको विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  २ : २९ बजे