४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

अमेरिकाबाट आएका किरात धर्मावलम्बीबाट माङपोक्लुङमा माङसेवा सम्पन्न (तस्बीर)



माङसेबुङ : अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि किरात धर्मावलम्बी भक्तजनहरुले झापाको दमकस्थित किरात माङपोक्लुङ माङहिममा भव्य सेवाको आयोजना गरेको छ।

किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा मंगलबार लाधुङसेमी सेवा सम्पन्न भएको छ। यसअघि मंसिर ९ गते झापाको माइधार स्थित दोमुखामा साक्मुरा वदेम्मा ( गालीस्राप बहन्ती ) आयोजना गरिएको थियो ।

संस्थाको नेतृत्वमा १ सयभन्दा बढी भक्तजनहरु माङ्सेबुङ भ्रमण र दर्शन गर्न आएका छन्। यश अवसरमा गत मंसिर ८ गते माङसेबुङ ५ स्थित निजी गुरुआश्रम लारुम्बा पुगेर किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङ्देन ज्युको दर्शन गर्नुका साथै विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरु सँग अन्तरक्रिया र भेटघाट कार्यक्रम गरिरहेका छन् ।

सेवा कार्यक्रममा किरात धर्मका तुम माङसेवासाबा तेजबहादुर थलङको समेत उपस्थिति रहेको थियो । सेवा पश्चात बुधबार किरात धार्मिक प्रशिक्षणको आयोजना गरिएको बताएका छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : ११ बजे