७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप पुरुष भलिबल प्रतियोगिता माङसेबुङमा शुरु



माङसेबुङः इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित आत्मानन्द खेल मैदानमा आत्मानन्द कप भलिबल प्रतियोगिताको पहिलो पटक आयोजना गरिएको छ ।

किरात धर्मगुरु ७० औं शुभजन्मोत्सबको अवसरमा आयोजित आत्मानन्द कप १६ औं संस्करणसंगै अतिरिक्त खेलहरु मध्ये बिहिबार आत्मानन्द खेल मैदानमा आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्धघाटन खेलमा माङसेबुङ गाउँपालिका इलाम र बेल्डाँगी भलिबल क्लब झापा बिच पहिलो संस्करणमा माङसेबुङ गाउँपालिका इलामले बेल्डाँगी झापालाई २५–१९, २५–१५ ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिकाले बेल्डाँगी झापालाई २–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै पहिलो संस्करणको दोश्रो खेलमा त्रिबेणी युवा क्लब पान्थर र सिमाना युवा क्लब मोरङको प्रतिष्पर्धामा त्रिबेणी पान्थरलाई पहिलो सेटमाा २५–१७ र दोश्रो सेटमा २५–२१ को अन्तरले सिमाना युवा क्लब मोरङ सेमीफाइनलमा प्रबेश गरेको छ ।

आजै बारदर्शी गाउँपालिका झापा र मिक्लाजुङ गाउँपालिका पान्थरबिच भएको खेलमा बारदर्शी गाउँपालिका झापाले मिक्लाजुङ गाउँपालिका पान्थरलाई पहिलो सेटमा २५–१९ दोश्रो सेट २५–२१ को अन्तरले बाह्रदर्शी झापा सेमीफाइलन प्रबेश गरेको हो ।

आज तिन खेल भएको थियो । शुक्रबार भोलि फुङनाम स्पोर्टस क्लब, इलाम र भद्रपुर नगरपालिका झापाबिच हुनेछ भने दुई सेमी फाइनल खेल हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ७० हजार १ सय ७० उपबिजेताले ३५ हजार १ सय ७० ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको फाइनल खेल मंसिर १६ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ५ : ४७ बजे