७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माई नगरपालिकाले दियो किरात धर्मगुरु ७० औ जन्मोत्सवमा सार्वजनिक बिदा



माङसेबुङ । इलामको माई नगरपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिएको छ ।

माई नगरपालिकाका अध्यक्ष खम्बासिंह योङहाङले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी र गैरसरकारी संस्थहरु र बैंक तथा वित्तीय क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  २ : ३५ बजे