७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालकै पहिलो किरात लिम्बू भाषाको अनलाइन पत्रीका शुरु



माङसेबुङ : इलामबाट नेपालकै पहिलो किरात लिपि र लिम्बू भाषाको समाचारमूलक अनलाइन पत्रिका सुरु भएको छ ।

मंगलबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन  तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको  हस्तबाहुलिबाट www.mangsebung.com  लेखिएको ब्यानर खोलेर अनलाइन पत्रीकाको उद्घाटन गर्नुभएको थियो ।

किरात लिम्बू भाषामा समाचार सामग्री प्रकाशन गर्नेगरी पत्रिका सुरु गरिएको सम्पादक सुनिल सेर्माले बताउछन्  ।

किरात चो:त्लुङ प्रालिले संचालनमा ल्याएको सो अनलाइन पत्रीकाको मुख्य कार्यालय माङसेबुङ ५ मा रहने जनाइएको छ ।

 

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : २६ बजे