८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

पान्थरमा युवा दस्ता घोषणा



पान्थर । पान्थरमा पहिचानका लागी युवा दस्ता घोषणा गरेको छ ।बुधबार पाँन्थर जिल्लाका विभिन्न गाउपालिकाका पहिचानवादी युवाहरुको भेलाबाट  नुनाम केरुङको संयोजकत्वमा १ हजार १ सय ११ पहिचानवादी युवा दस्ता घोषणा गरिएको हो ।

युवा दस्ताको सह संयोजकमा कृष्ण बेघा, सुरेन्द्र लाओती, आषिश राई रहेको छ । पहिचानका लागी युवा दस्ताका केन्द्रिय सह कमान्डर एबिराज आङदेम्बेले दस्तालाई अनुसाशन तथा जिम्मेवारीका सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

युवा दस्ताले फेदेन बजारमा मार्चपास पछि फिदिम उच्च मा.वि.को खेल मैदानमा घोषणा सभा गरेको थियो । सभामा डा. महेन्द्र लाओती लगायतका अभियन्ताहरुले मन्त्यव्य राखेका थिए ।  प्रदेश नं. १ को नाम कोशि खारेजीको अभियानलाई थप सशक्त पार्न दस्ताले कुनै कसर बाकी नराख्ने संयोजक नुनाम केरुङले बताउनुभयो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १ : २२ बजे