८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

माङसेबुङमा पदयात्रीलाई भव्य स्वागत (हेर्नुहोस भिडियो र फोटो )



माङसेबुङ। विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ आइपुगेका पदयात्रीलाई आइतबार निजि गुरुआश्रममा भब्य स्वागत गरिएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ज्युको देव समुपस्थितिमा माङसेबुङ ५ स्थित निजि गुरु आश्रम दर्शनालयमा आइतबार कार्यक्रमको आयोजना गरी पदयात्रीहरुलाई भब्य स्वागत सम्मान गरिएको हो ।

आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबार धार्मिक पदयात्रा सुरु गरेका थिए । पदयात्रामा सुमन लोहोरुङ राई, पन्च बहादुर रुम्दाली राई ,अमित कुमार साबा , सन्त बहादुर मिभक रहेको छन्  ।

अङसीमाङले चार जना पदयात्रीलाई  फुलमाला लगाईदिनु भएर स्वागत गर्नुभएको थियो । सो अवसरमा मुहिङगुम अङसीमाङले  आशीर्वाद आशीर्वचन समेत प्रदान गर्नुभयो ।

आसामबाट सुरु गरेको पदयात्राको  ३६ औ  दिनमा इलामको माङसेबुङ आइपुगेका पदयात्रीहरुलाई किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेन्ना समितिद्वारा सम्मान गरीएको छ ।

उक्त कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ , गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, गुरुनिजी सचीव टङक लिङ्देन , शक्ति साबा तुम्याहाङकोरुपमा रहेको कार्यक्रम उदय विक्रम तुम्बापोले सञ्चालन गरेका थिए  ।

भिडियो

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : २५ बजे