७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

चमैतामा पारुहाङ र सुम्निमाको प्रतिमा अनावरण



इलाम।  देउमाई नगरपालिका–१ चमैतामा  सुम्निामा र पारुहाङको प्रतिमा अनावरण गरिएको छ ।  किरात राई समुदायको आराध्य पितृदेव सुम्निमा पारूहाङको प्रतिमा  सुप्तुलुङ खिमको परिसरमा निर्माण  गरिएको हो ।

प्रतिमा अनावरण देउमाई नगरपालिकाको प्रमुख सुर्यप्रसाद पोखरेल, उपप्रमुख पविमाया राई, किरात राई यायोक्खा इलाम जिल्ला कार्यसमिति अध्यक्ष पुष्पा राई र किरात राई यायोक्खा देउमाई नगर कार्यसमिति अध्यक्ष धनबहादुर राना साङपाङको उपस्थितिमा प्रतिमाको अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

किरात समुदायहरुको विबिध संस्कार, साँस्कृतिकहरूलाई संरक्षण तथा सम्बर्धन गर्नका लागि सास्कृतिक संग्रहालयको निर्माणका लागि सिलान्यास समेत भएको छ । यसै उपलक्ष्यमा केहि समाजमा  योगदान गरेका जेष्ठ तथा समाजसेवी व्याक्तिहरूलाई सम्मान स्वरूप अभिन्नदन गरिएको थियो ।

उक्त समारोहबाट अभिन्नदित हुनु हुने खेलकुद क्षेत्रबाट देउमाई नगरपालिका–३ निवासी कराते सितेरियोको अन्तर्राष्ट्रिय रेफ्री सोम राई, जेष्ठ नागरिक तथा सहयोगदाता देउमाई नगरपालिका १, चमैताबाँसबोटे गाँउ निवासी स्वः राजबहादुर मालुमी साङपाङको जीवनसंगिनी पम्फादेवी राई, जेष्ठ नाक्छोङ खम्बुडाडामा पहिलो साकेलाथान स्थापना गर्ने समयावधीको संस्थापक नाक्छोङ तिलबहादुर रोक्दोङ र विगत लामो समयदेखि बेलायतमा बस्दै आएका समाजसेवी द्वय बलबीर साङपाङ तथा उनकी धर्मपत्नी बीरमाया माक्रिहाङलाई सम्मानपत्र र दोसल्ला ओडाइएको छ ।

कार्यक्रममा राम राई, धनबहादुर राना साङपाङ, पुष्पा राई र प्रमुख अतिथी देउमाई नगरपालिका प्रमुख सुर्यप्रसाद पोखरेल,जगबहादुर साङपाङले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ०८ बजे