७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आसामको सरलपाडामा लाधुङसेमी सेवा सम्पन्न



  • योगेश लाओती

आसाम :   कोक्राझार जिल्ला सरलपाडाका किरात धर्मावलम्बीले इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्तीको अवसरमा लाधुङसेमी सेवा सम्पन्न गरिएको  छ ।

सोमबार किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा इमानसिंह चेम्जोङ जन्मजयन्तीको अवसरमा सरलपाडा स्थित निर्माणधिन किरात माङहिमको प्राङ्गणमा लाधुङसेमी सेवाको आयोजना गरि मनाइएको छ ।

अंग्रेजी सम्वत जनवरी १ तारिक नयाँ वर्षका दिन चेम्जोङको योगदानको चर्चा गर्दै उनको तस्बिरमा माल्यार्पण गरी जन्मजयन्ती साथै लाधुङसेमी सेवा लगाइएको हो ।

सेवामा माङसेवासाबाहरु शब्दिगुरु वीरबहादुर मेयङ लिम्बू , चेत बहादुर साउदेन लिम्बू , ताम बहादुर तेयुङ लिम्बू , किरण लिम्बू रहेको थियोे । भने, सेवासामाहरुमा पवित्र राई , बुद्धिमाया हेम्ब्या लिम्बू रहेकी थिइन् ।

नेपालमा इमानसिंह चेम्जोङको प्राज्ञिक योगदानको उच्च मूल्याङ्कन गर्दै बि:स २०५५ सालमा तत्कालीन सरकारले उनको सम्मानमा १ रुपैयाँको हुलाक टिकट  जारी गरेको थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ३ : २२ बजे