आसाम। कोक्राझार जिल्ला सरलपाडागाउँमा रहेको निर्माणाधिन किरात माङहिम उद्घाटनको अन्तिम चरणमा पुगेको छ । माङहिम निर्माण समितिका सचिव सुनिल राइले अङ्ग्रेजी सम्बत सन २०२४ भित्रमा माङहिम उद्घाटन गर्ने तयारीमा रहेको जनाएका छन् ।
निर्माण समितिका सचिव राइले भने,’सरलपाडा गाउँमा सन २०१७ मा माङहिम निर्माण गर्ने छलफल भएपछि माङसेबुङ स्थित गुरुनिजि आश्रममा गुरु भेटदर्शनको लागि माङहिम निर्माण स्थलको माटो लिएर गयौं । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ समक्ष माटो देखाएर वहाँको आज्ञा अनुसार माङहिम निर्माण सुरु गरेको हौ ।’
पाँच घर प्रवेश
सन १९९८ सालमा कोक्राझार जिल्ला सरलपाडा गाउँमा पाँच घर किरात धर्ममा प्रवेश गरे । यसरी किरात धर्ममा प्रवेश गर्नेमा १) सनमान साबा लिम्बू २) गोपाल लाओती ३) गंगाराम संगीता श्रेङ ४) लोकबहादुर दिबुसा राई ५) चेतबहादुर साउदेन ६) सन बहादुर साबा रहेको छ । त्यसमध्ये सनबहादुर साबा एक्लै धर्ममा दिक्षित भएको हो । यसरी किरात धर्ममा प्रवेश गरेका धर्मावलम्बीहरुको संख्या पछिल्लो समय बढेर ५६ घर सङ्ख्या रहेको सनबहादुर साबाले जनाएको छ ।