७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ वडा नं. ५ को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न



किरात समाचार : माङसेबुङ गाउँपालिकाको आयोजनामा माङ्सेबुङ वडा नं. ५ को सार्वजनिक सुनुवाई कार्यक्रम भालुटारमा सम्पन्न भएको छ । आइतबारदेखि संचालन गरिएको चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम माङ्सेबुङ वडा नं. ५ भालुटारबाट प्रारम्भ भएको हो ।

आज आइतबार माङ्सेबुङ ५ को शाकाहारी बुधबारे हटियाको प्रागण्मा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले गरेको थियो भने रेडियो माङ्सेबुङ १०४.६ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण भएको थियोे ।माङ्सेबुङ गाउपालिकाको आयोजनामा सार्बजनिक सुनुवाइ कार्यक्रम माङ्सेबुङ ५ नं. वडा कार्यालय बाट सुरु भएको छ । वडा र गाउपालिका लाई प्रत्यक्ष चासो र गुनासो अभिमत राखेको थियोे । सेवा लिदै फर्किएका सेवाग्राहीहरु ३२ जनामा सोधपुछ गरेको । नमुना छनौट १३ जना पुरुष १९ जना महिला । ६ वटा प्रश्न ६ प्रकारको प्रश्नहरु सोधपुछ गरिएको थियोे । नागरिक अभिमत पत्र तर्फबाट बुद्धिजीवी समाजसेबी महिला राजनीतिककर्मी नागरिक अगुवा सबैलाई समेटेर ३० जनालाई सोधपुछ ४८ वटा प्रश्न सोधपुछ गरिएको थियोे । सहजीकरण कर्ता राम योङहाङले प्रतिबेदन वाचन गरेका थिए ।

कार्यक्रममा सहभागी सेवाग्राही नागरिकहरुले प्रश्न गरेको थियो । सेवाग्राहीहरुको उत्तरदाताको रूपमा वडा ५ का अध्यक्ष नरेन्द्रकुमार राई र सेवा प्रदायक उत्तरदाताको रूपमा माङ्सेबुङ गाउपालिकाको प्रतिनिधि हिमाल खनाल रहेको थियो । यसैगरी टिप्पणीकर्ताहरु वडा सचीव सुनिल सेर्मा , वडा प्राबिधिक बिपिन श्रेष्ठ , अतीत योङहाङ रहेको थियोे । नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा, सेवा प्रवाहका सम्बन्धमा प्राप्त चासो गुनासो र सुझावहरु माथी वडा अध्यक्ष र गाउपालिका प्रतिनिधिले स्पष्ट पारेको थियो । सार्बजनिक सुनुवाइ कार्यक्रममा १ सय बढी सेवाग्राही नागरिकहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण राम योङहाङले गरेको थियोे । यसैगरी सवै वडाहरुमा सार्बजनिक सुनुवाइ कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १ : २२ बजे