६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सोलुखुम्बुबाट १८ लाख रुपैयाँ भन्दा बढीको अकबरे खोर्सानी निर्यात


२७ पुस २०७८, मंगलबार  

0
Shares

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुबाट यस बर्ष १८ लाख रुपैयाँ भन्दा बढीको अकबरे खोर्सानी जिल्ला बाहिर निर्यात भएको छ । यस बर्षको बैशाख देखि मंसिर सम्ममा १८ लाख रुपैयाँ भन्दा बढी मुल्यको १२ मेट्रिकटन खोर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञाान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

केन्द्रका सुचना अधिकारी कुल बहादुर राईका अनुसार सोलुखुम्बुको अकबरे खोर्सानीको माग पुर्वको धरान, मोरङ सहित काठमाडौ लगायतका क्षेत्रमा माग उच्च छ । खोर्सानीको माग बढेसँगै यसबाट राम्रो आम्दानी हुने देखिएपछि पछिल्लो समय धेरै कृषकहरु व्यवसायीक खोर्सानी खेती तर्फ अग्रसर भएका छन् ।

जिल्लाको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिका क्षेत्रमा व्यवसायीक रुपमा खोर्सानी खेती गरिदै आएको छ ।
उत्पादनमा ८ प्रतिशतले वृद्धि
यस बर्ष जिल्लामा अकवरे खोर्सानीको उत्पादनमा करिब ८ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष १४० मेट्रिकटन उत्पादन भएकोमा यस बर्ष बढेर १५२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

अघिल्लो बर्ष २० हेक्टर क्षेत्रफलमा हुँदै आएको खुसार्नी खेती गत बर्ष २१ं.३ हेक्टर पुगेसँगै उत्पादनमा बृद्धि भएको केन्द्रका सुचना अधिकारी कुलबहादुर राईले  जानकारी दिनुभयो ।

क्षेत्रफलमा बृद्धि हुनु र यस बर्ष खुर्सानीमा रोग किराले पनि कम दुःख दिएकाले पनि उत्पादनमा बृद्धि भएको अनुमान गरिएको छ । साथै कृषकहरु यसको व्यवसायीक खेतीमा समेत बढी सकृय देखिएकाले उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : २६ बजे