७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

महर्षी डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) को ८८ औ जन्मजयन्तीमा केरुङ सम्मानित



  • योगेश लाओती 

पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको चेला  महर्षी  डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) को जन्मजयन्ती मनाइएको छ ।

डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको आयोजनामा शनिबार पान्थरको फेदेन नगरपालिका ५ स्थित लोब्रेकुटीमा जौबारी कान्छाको ८८ औ जन्मजयन्ती मनाइएको हो ।

लिम्बु सांस्कृतिक परिषदका अध्यक्ष सागर केरुङ लिम्बूको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत सम्पन्न भएको थियो ।

प्रतिष्ठानद्वारा  केरुङ सम्मानित

डिल्ली प्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानले किरात धर्ममा योगदान पुर्याउदै आएका व्यक्तित्वहरुलाई प्रत्येक बर्ष जन्मजयन्तीको अवसरमा सम्मान गर्दै आइरहेको छ ।

यसैगरी प्रतिष्ठानले यसपटक सम्मानित  फालेलुङ गाउँपालिका  वडा नं. ७ सिदेन निवासी साङ्दाङगेन वरुमसाबा मछतबहादुर केरुङलाई  सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि लिम्बु सांस्कृतिक परिषद अध्यक्ष
सागर केरुङ लेखक रमेश तुम्बापो  लगायतले जौबारी कान्छाले किरात धर्ममा पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको अध्यक्ष ध्रुव तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सुबास तुम्बापो (काङसोरे) ले संचालन गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : ३२ बजे