६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

ओत माङसेबुङ थुक्पेत्चन अफसेट छापाखाना संचालनमा



इलाम ।  माङसेबुङ गाउँपालिका – ५ भालुटारस्थित ओत माङ्सेबुङ थुक्पेत्चन अफसेट प्रेस छापाखाना संचालनमा आएको छ ।

मंगलबार किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्युको हस्तबाहुलिबाट ओत माङसेबुङ थुक्पेत्चन अफसेट प्रेस छापाखानाको औपचारिकरूपमा अङसीमाङले शुभराम्भ गर्नुभएको थियोे ।  किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको वंशावली पुस्तक छपाई गरेर छापाखानाको शुभराम्भ गरिएको छ ।

माङसेबुङ हेरिटेज प्रा.लि. को लगानीमा सुरु गरिएको अफसेट छापाखाना करिब २ करोड ६५ लाख खर्च गरेर माङ्सेबुङमा मल्टी कलर अफसेट र फ्लेक्स पृन्टसंगै छपाई सम्बन्धि सम्पूर्ण काम गरिने थुक्पेत्चन अफसेट संचालकले जनाएको छ ।

किरात साम्जीक मुन्धुम प्रकाशनलाई तिव्र गराउनका लागि माङसेबुङमा अफसेट स्थानपना गरिएको हेरिटेजका संचालक शेरबहादुर लाओती जानकारी दिए ।
वि सं २०३५ सालदेखि आफ्नो प्रेस स्थापना गर्ने धर्मगुरुज्युको सपना ४५ बर्षपछि निक्कै ठूलो लगानीमा अफसेट संचालनमा ल्याएका हुन ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : २३ बजे