६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ दार्जिलिङ सेमिफाइनलमा

माङसेबुङ : इलामको धार्मिक क्षेत्र माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा नवोबुद्ध युवाक्लब सप्तरीलाई २-० गोल अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले सेमिफाइनलको यात्रा तय गरेको हो । मानेभञ्ज्याङको जितका लागि दुवै गोल सिम्रन गुरुङले गरेकी थिइन् ।…