झापा : स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न पालिकामा जनप्रतिनिधिमा निर्वाचित चार जना पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ झापा शाखाले बिदाई गरेको छ । शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा जनप्रतिनिधिमा निर्वाचित महासंघ झापा शाखाका सदस्य पत्रकारहरुलाई सम्मानसहित पत्रकार महासंघले बिदाई गरेको हो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य वाग्ले सहित…