२३ माघ २०८१, बुधबार | Wed Feb 5 2025

ओलीका कारण प्रदेशको नामकरण हुनसकेन : मन्त्री आङ्बो


२८ पुस २०७८, बुधबार  

0
Shares

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण हुन नसकेको आरोप लगाए।

नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले यस्तो बताएका हुन्।

उनले तत्कालीन दुई तिहाइको सरकार रहँदा प्रदेशको नामकरण राख्न सकिने भए पनि तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले पहिचानको आधारमा नाम राख्न नदिएकै कारण प्रदेशले नाम नपाएको आरोप लगाए।

‘तत्कालीन नेकपाको सरकार रहँदा प्रदेशमा दुई तिहाइको सरकार थियो’, उनले भने, ‘त्यो वेला प्रदेशको नामकरण राख्न बहुमत थियो तर तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले पहिचानको आधारमा नामकरण राख्न नदिँदा अहिलेसम्म प्रदेशले नाम पाएन।’

मन्त्री आङ्बोले पहिचानको आधारमा प्रदेश १ को नामकरण गर्न प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको बताउँदै उनले पाँच दलीय गठबन्धन सरकार पहिचानको आधारमा प्रदेशको नामकरण राख्नुपर्ने पक्षमा रहेको बताए।

उनले सत्तारुढ दललले चाहेर मात्र प्रदेशको नामकरण राख्न दुई तिहाइ नपुग्ने भएकाले विपक्षी दल नेकपा एमाले पनि पहिचानको आधारमा नामकरण गराउन साथ सहयोग गरिनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १० : १२ बजे