७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राज्‍यको खर्च जोगाउन तीनै तहको चुनाव एकैपटक गर्नुपर्छ : माओवादी


८ माघ २०७८, शनिबार  

0
Shares

काठमाडौं : नेकपा (माओवादी) केन्द्रको पूर्व-स्थायी कमिटी सदस्यहरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा जोड दिएको छ। 

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ? भनेर छलफल भएको भएका बताए।

उनले भने, ‘अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्हरूसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ। चुनावमा सकेसम्म कम खर्चमा एकैपटक गर्न पाए हुन्थ्यो भन्ने हाम्रो कुरा हो। यो छलफल अझ पनि जारी छ।’

उनले संसदमा विचाराधीन रहेको अमेरिकी परियोजना एमसिसीबारे पार्टीले बनाएको कार्यदलको सुझावको आधारमा अघि बढ्नेसमेत बताए।

प्रवक्ता महराले भने, ‘एमसिसीको कुरा अलि चर्को ढंगले उठेको छ। त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ। त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल हुन्छ।’

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ३६ बजे