२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


१६ माघ २०७८, आइतबार  

0
Shares

काठमाडौं : सोमबारका भोलि १७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ।

 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन्।

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि माघ २६का लागि सारिएको थियो।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ३२ बजे