१ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025

अस्ट्रेलियन ओपनको उपाधि जित्दै नाडाल बने कीर्तिमानी टेनिस स्टार


१७ माघ २०७८, सोमबार  

0
Shares

काठमाडाैं : ३५ वर्षिय स्पेनिस टेनिस स्टार राफेल नाडालले २१ औं ग्रान्ड स्लाम जित्ने कीर्तिमान बनाउन सफल भएका छन्।

अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ मेलबर्न पार्कमा आइतबार भएको फाइनलमा नाडालले दोस्रो वरीयताका रुसी खेलाडी डेनियल मेदभेदेवलाई २-६ ६-७ (५-७) ६-४ ६-४ र ७-५ को सेटमा पाखा लगाउँदै खेल आफ्नो पक्षमा पारे।

५ घन्टा २४ मिनेट लामो संघर्षपूर्ण भिडन्तमा मेदभेदेभले सुरुवाती दुई सेट जित्दै नाडालमाथि दबाब बनाए पनि उनी अन्तिम तीन सेटमा चुक्दा नाडालले कीर्तिमान बनाउन सफल भए।

तीन सेटमा नाडालले शानदार पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए। नाडालको यो दोस्रो अस्ट्रेलियन ओपनको उपाधि हो।

यसअघि उनले २००९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए।

उनले १२ वर्षपछि आफ्नो करिअरकै कठिन उपाधि हात पारे।

३५ वर्षीय नाडालले रोजर फेडेरर र नोभाक योकोभिचसँगै २० पल्ट ग्राण्डस्लाम उपाधि जितिसकेको कीर्तिमान आफ्नो नाममा बनाउँदै सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बन्ने होडमा रहेका थिए।

नाडाल यसबीच पटक-पटक चोटग्रस्त हुँदै पुनरागमन गर्दै आएका छन्। यो पटक फेडेरर र योकोभिच दुवैजना यसपल्ट अस्ट्रेलियन ओपनमा थिएन्।

युएस ओपन विजेता २५ वर्षीय मेदभेदेव भने लगातार दोस्रो पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा सफल हुन सकेनन्।

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १२ : ४७ बजे