८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

पूर्व-पश्चिम राजमार्गमा बिहानैदेखि अवरोध


२० माघ २०७८, बिहिबार  

0
Shares

जनकपुरधाम : किसान आन्दोलन भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व-पश्चिम राजमार्गमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरेको छ।

बिहीबार बिहानैदेखि राजमार्ग बन्द गरेर प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरी प्रदर्शनकारीहरूले बिहानैदेखि प्रदर्शन गरेका हुन्।

प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ। राजमार्गका ठाउँ-ठाउँमा बाँसका भाटा र लाठीसहित बोकेर जनमत पार्टीका कार्यकर्ता बसेर राजमार्ग अवरुद्ध पारेका हुन्।

आन्दोलन गर्दै गर्दा धनुषाको वीरेन्द्र बजारबाट किसान आन्दोलन संघर्ष समितिका धनुषाको संयोजक दीपनरायण यादवसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले प्रदर्शनकारीहरूलाई लखेटी-लखेटी घरसम्मै पुगेर पनि पक्राउ गर्ने प्रयास गरिरहेको बताइएको छ।

प्रदर्शनकारीले गर्नसक्ने क्षतिबारे सचेत रहँदै राजमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसअघिको आन्दोलनमा जनमत पार्टीका कार्यकर्ताहरूले सडकमा विभिन्‍न सवारीसाधनहरू तोडफोड गरी ठूलो मात्रामा क्षति पुर्‍याएका थिए।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ९ : ०५ बजे