७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ए.पी.एफ.सी माङसेबुङ फाईनल



किरात समाचारः माङसेबुङ ५ स्थित आत्मानन्द खेलमैदानमा आज सम्पन्न दोस्रो सेमिफाईनल खेलमा केराबारी गाउँपालिका खेलकुद समिति मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रबेश गरेको छ ।पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगितामा एपीएफसी माङसेबुङ इलाम जीत निकाल्दै फाईनलमा प्रबेश गरेको हो।

ए.पी.एफ.सी माङसेबुङलाई जित दिलाउन भारतीय खेलाडी सोनिया मारकले निर्णायक गोल गरे । सोनियाले खेलको सातौं मिनेटमा हेडमार्फत सुन्दर गोल गरे ।

पबित्रहाङमा कप १ अनतर्गत अव उपाधिका लागि मंगलबार(भोली) ए।पी।एफ।सी माङसेबुङ इलामले माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलामसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको वुमन अफ दी म्याच ए।पी।एफ।सी माङसेबुङकी सोनिया मारक घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

छिमेकी राष्ट्र सिक्किम र कलकता भारतका यस माङसेबुङ क्लबहरुमा सहभागि भई खेल प्रदर्शन गरिसकेका हुन ।

पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ५ : १९ बजे