एजेन्सी: युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ ।
सरकारी टेलिभिजनले रुस नियन्त्रित प्रायद्वीपलाई मुख्य भूमिसँग जोड्ने पुल पार गरेको सैन्य इकाइहरूको तस्बिरहरू देखाएको समाचारमा जनाइएको छ ।
तर पश्चिमी नेताहरू रूसले अझै युक्रेनमा आक्रमण गर्न सक्नेमा चिन्तित छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मस्कोद्वारा आक्रमणको धेरै सम्भावना रहेको चेतावनी दिएका छन् ।


