७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

८२ हजार बढीको स्वास्थ्य सामग्री रोङ गाउँपालिकालाई सहयोग



इलाम : मानव अधिकार मञ्च नेपाल इलामले जिल्लाको रोङ गाउँपालिकालाई ८२ हजार दुई सय ५९ रुपैयाँको स्वास्थ्य तथा बालैमैत्री सामग्री सहयोग गरेको छ ।

बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत गाउँपालिकालाई स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री उपलब्ध गराएको हो ।

शुक्रबार मञ्चको टिम रोङ गाउँपालिकामा पुगेर गाउँपालिका अध्यक्ष शमसेर राई, उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहाल र स्वास्थ शाखा सहसंयोजक योगराज काफ्लेलाई सामग्री हस्तान्तरण गरेको हो ।

मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, बाल हेल्पलाईन प्रमुख भक्त थामी, डेक्स अफिसर रञ्जु थामी र सूचना तथा अभिलेख प्रमुख उर्मिला राईको टोलिले सामग्री हस्तान्तरण गरेका थिए ।

गाउँपालिकास्थित कोभिड अस्पताल संचालनमा रहेको स्वास्थ्य संस्थाका लागि सेनिटाइजर, माक्स, ग्लोब्स, फिनेल, थर्मोमिटर, इलेक्ट्रिक जग, कपसेट, डस्टबिन, अक्सिमिटर, औषधिलगायतको स्वास्थ्य सामग्री, डल, बल, ब्लक्स, कलर पेनसिल, ड्रइङ पेपर, पोटोकपि पेपर, कलपेन, लुँडो, चेस, क्यारमबोर्ड, एबीसीडी चार्ट, स्टोरी बुकलगायतको शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराएको हो ।

ओमिक्रोन कोरोना भाईरस (कोभिड १९) को तेस्रो लहरलाई लक्षित गरी बाल हेल्पलाइनले इालम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानीय तहमा स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गर्दै आएको छ ।

कोभिड अस्पतालमा संचालित ४ जिल्लाका १५ स्वास्थ्य संस्थामा ११ लाख २२ हजार ?पैयाँ बराबरको स्वास्थ्य, शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराईने बाल हेल्पलान प्रमुख थामीले बताए ।

ओमिक्रोन भाईरसले बालबालिकालाई बढी प्रभाव पर्ने भनिएकोले कोभिड लागेका बालबालिका र उनका परिवारलाई सहुलियत हुने गरी उनीह?लाई आईसोलेसनमा आवश्यक सामाग्री उपलब्ध गराईएको थामीको भनाई छ ।

किन्नरमिसनरेक जर्मनीको सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलाममा बाल हेल्पलाइन १०९८  संचालित छ  ।

नयाँ बुलन्दबाट

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ४१ बजे