७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एमसीसीको विपक्षमा : अध्यक्ष दाहाल



काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने बताउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष दाहालले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताउनुभयो ।

विवाद र विरोधकाबीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उहाँले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध समेत गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा दाहालले प्रहरी दमनमा भएका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।             नयाँ बुलन्दबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : ५८ बजे