७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काङ्ग्रेस साम्बाद्वारा शैक्षिक सामग्री बितरण



किरात समाचार : इलामको माङ्सेबुङ गाउँपालिका भरिका शैक्षिक सस्थामा खेलकुद सामाग्री बितरण गरिएको छ ।

नेपाली काङ्ग्रेस माङ्सेबुङ गाउपालिका उपसभापति यलम्बर साम्बाको हस्तबाहुलिमा आज सोमबार माङ्सेबुङ वडा ४ स्थित जनज्योति आबिमा खेलकुद सामाग्री र स्टेसनरी सामाग्री बितरण गरिएको जनाएको छ ।

पाच लाख बराबरको शैक्षिक, खेलकुद सामाग्री गाउपालिका भरिका शैक्षिक सस्था,क्लबहरुमा बितरण गरिने काङ्ग्रेस इलामका सदस्य खडग साम्बाले जानकारी दिए ।

यशअघि माङ्सेबुङ ६ वडामा भलिबल ४ थान, फुटबल ३ थान नेट लगायत सामग्री बितरण भइसकेको उपसभापति साम्बाले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ०६ बजे