७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काङग्रेस नेता तथा राष्ट्रिय सभा सदस्य गोपाल बस्नेत गुरुभेट दर्शन



किरात समाचारः  माङसेबुङस्थित गुरुआश्रम दर्शनालयमा काङग्रेस नेता राष्ट्रिय सभा सदस्य गोपाल बस्नेतले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङसमक्ष भेट दर्शन गरेको छ ।

मंगलबार आज काङग्रेस नेता तथा राष्ट्रिय सभा सदस्य गोपाल बस्नेतले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङसमक्ष भेट दर्शन गर्नुभएको हो ।

भेट दर्शनमा काङग्रेस झापाका सभापति देउमान थेबे, महाधिबेशन प्रतिनिधि राधा सुव्वा, सिता थेबे, किरण भटराई, तिलप्रसाद सुव्वा, जील्ला सदस्य पवित्र गिरी, देविका बस्नेत, याम भूजेल, लिला मैनाली लगायत नेताहरुको उपस्थित रहेको थियो ।

भेट कार्यक्रममा किरात धर्मगुरुले माङसेबुङको विकास योजनाको प्रस्तावना राष्ट्रिय सभा सदस्य बस्नेतलाई हस्तारण गर्नुभएको थियो । भेट दर्शनमा राष्ट्रिय सभा सदस्य बस्नेतले किरात धर्मगुरुको आशिर्वाद पाएकोमा गुरु र गुरुआमालाई कहिल्यै नभुल्ने बताए । उनले भने मैले सामाजिक कार्य गर्दा महागुरु फाल्गुनन्दको नामबाट दुइ जना विद्यार्थी अति विपन्न तथा जेहेन्दारलाई एस एल सी अध्यापनको लागि सहयोग गरेकाले किरात धर्मगुृरुले आशिर्वाद दिनुभयो । राष्ट्रिय सभाको निर्वाचन हुन केहिदिन अघि बस्नेत गुरु भेट दर्शन गर्न माङसेबुङ आएका थिए ।

बस्नेतले भन्नुभयो निर्वाचनमा मत बराबरी भएपछि गोलाप्रथामा राष्ट्रिय सभा सदस्यमा विजयी भए यो गुरु र गुरुआमाको आशिर्वाद मिलेको बताउनु भयो ।
सो कार्यक्रमको अवसरमा फुल्ङगी फाउण्डेसनले नेपाली काङग्रेस जिल्ला सदस्य खडग साबालाई बधाई पत्रले सम्मान गरेको थियो । कार्यक्रममा, गुरु प्रबक्ता डिल्लीराम चाम्लीङ, माङसेबुङ गाउपालिका उपसभापति यलम्बर साबा, महाधिबेशन प्रतिनिधि किरण भटराई, झापा जिल्ला सभापति देउमान थेबे लगायतले मन्तव्य राखेका थिए ।

भेट दर्शनमा किरात धर्मगुरुले पनि धन्यवाद आशिर्वचन प्रदान गर्नुभएको थियो । अङसीमाङले, आशिर्वाद माग्ने थलोको रुपमा विकास गर्नका लागि नेताहरुलाई आग्रह गर्नुभयो । स्वर्गिय नेता गिरिजाप्रसाद कोइरालालाई पनि मैले आशिर्वाद दिएको हु उहा“ले पनि किरात धर्मको लागि धेरै सहयोग गर्नुभएको दोहोर्याउनु हुदै गुरुले भन्नुभयो मेरो कार्यकर्ताको ढिलाइका कारण केही कार्य गर्न नसकेको गुनासो राख्नु भयो ।

गोला प्रथाबाट विजय
गत माघ १२ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको निर्वाचनमा ५ दलीय गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार बस्नेत र एमाले उम्मेदवार गुरु बरालको बराबर मत आएको थियो । दुवै जना उम्मेदवारले ४ हजार ४ सय ८८ मत ल्याएका थिए । मत बराबर आएपछि विजेता छान्न गोलाप्रथा गरिएको थियो । निर्वाचन प्रक्रियामा बराबरी मत आइसकेपछि निर्वाचन नियमावलीमा गोला प्रथाद्वारा अन्तिम निर्णय गरिने व्यवस्था भए अनुसार निर्वाचन आयोगले गोला प्रथा गर्ने निर्णय गरेको हो । पहिलो पल्ट चिट तान्ने मौका पाएँका बस्नेतले ‘विजयी’ लेखिएको चिट हातमा परेसंगै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित हुन सफल भएको हो ।

झापाको पुरानो नेता
२०२७ सालदेखि कांग्रेसको राजनीति थालेका बस्नेत झापा कांग्रेसको सचिव भइसकेका नेता हुन्। उनी २०४८ सालमा सम्पन्न आठौँ महाधिवेशनमा झापा सचिवमा विजयी भएका थिए। बस्नेतका सभापति कृष्णप्रसाद सिटौला थिए । २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट तत्कालीन झापा निर्वाचन क्षेत्र नम्बर ३ (हाल १) बाट उम्मेदवार उठेका थिए। २०४१ सालमा संगठन विस्तारका क्रममा नजरबन्द परे। उनले २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र ७६ वर्षीय बस्नेत झापाको पुरानो नेताको रूपमा चिनीन्छन ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ५६ बजे