७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाममा बस दुर्घटनाः एक जनाको मृत्यु, ४ घाइते



इलाम :इलाम नगरपालिका १० स्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भइ दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ वर्षीय प्रदिप कुसवाहाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

४४ जना यात्रु लिएर इलाम घुम्न आएको ना। ४ ख ६२४८ नम्वरको बस सोमबार राति ९ बजे अनियन्त्रित भई सडकको नालीमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको बसबाट कुसवाह झ्यालबाट हाम फाल्ने क्रममा बसले च्याप्दा घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ४० वर्षीय धुरुप कुसुवाहको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । सोही दुर्घटनामा सामान्य घाइते भएका ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

लोकल सन्देशबाट

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : २६ बजे