किरात समाचार : टिन्ज कृउ डान्स सेन्टर धनकुटाको आयोजनामा आयोजित गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को गायन तर्फको उपाधी चोत्लुङहाङ लिम्बुले जीतेका छन ।
शनिबार सम्पन्न धनकुटामा भएको फिनालेमा माङसेबुङ ५ इलामका चोत्लुङहाङ लिम्बु पुर्वान्चल गट ट्यालेन्ट सिजन ४ को बिजेता बनेका हुन । विजेता चोत्लुङले टर्फी सहित स्कुटर र पाँच लाख बराबरको जीवन बिमा र म्युजिक रेकर्डिङ गर्ने मौका पाएका छन । फस्ट रनरअप जुनि कला राई ,सेकेन्ड रनरअप इलामका योगेन सेवा भएका छन । सो प्रतियोगिताको निर्णयकहरु असोक मुकारुङ,प्रविन बिसि,जुनि खालिङ राई रहेको थियोे ।
प्रदेश न १ का सबै जिल्लामा संचालन भएको प्रतियोगिताको पहिलो अडिसन इलामबाट सुरु भएको थियो । टिन्ज कृउ डान्स सेन्टर धनकुटाले आयोजना गरेको गायन तथा डान्स प्रतियोगिता पुर्वान्चल गट ट्यालेन्ट सिजन ४ को फिनाले फागुन १४ गते धनकुटामा सम्पन्न भएको थियो ।