७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मन्त्री आङबोद्धारा मिक्लाजुङको ६ सय क्षमताको भवन उद्धघाटन



पाँचथरः कृषि, पर्यटन र पूर्वाधार , समृद्ध मिक्लाजुङको आधार भन्ने मुख्य नारा सहित विकासको अग्रपंत्तिमा मिक्लाजुङ गाउँपालिका देखिन्छ ।
आइतबार रवि बजारस्थित पालिकाको ११ औं गाउँसभाको उद्घाटनसंगै १ नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले सामुदायिक भवनको पनि उद्घाटन गरेका छन् ।

प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तीन करोड ८५ लाख एक हजार सात सय ४२ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको भवन शहरी विकास इलामले पालिकालाई हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । वडा नम्बर ५ को प्रशासनिक कार्यालय सहितको सामुदायिक सभाहल पनि उद्घाटन गरिएको छ ।

यसैबीच गाउँसभाको अवसरमा जग्गादाता र पालिकाको कृषक प्रोत्साहन कार्यविधिमा उल्लेख भएको मापदण्ड अनुसार आलु,मकै र धान उत्पादन गर्ने दुई सय ७२ जना कृषकलाई पनि नगदसहित सम्मान गरिएको छ । यसैगरी चार जना शिक्षक र १४ जना पालिका भित्रका कर्मचारी गरि जम्मा १८ जनालाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान गरिएको छ ।

कृषक सम्मान कार्यक्रम,पर्यटन क्षेत्रको विकास,भौतिक पूर्वाधार,स्वास्थ्य चौकीमा दुरचिकित्सा सेवा लगायत अन्य थुप्रै नयाँ कार्यक्रम र प्रविधिसंग जोडिएको यो पालिका नमुनाको रूपमा विकसित बन्दै गएको चर्चा हुन थालेको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ३८ बजे