७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लोसपाका केन्द्रीय नेता सहित सामुहिक पार्टी परित्याग



दमक : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय नेतासहित प्रदेश– १ का छ दर्जन बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । आफनाे पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन साथ दिएको भन्दै झापाको दमकमा पत्रकार सम्मेलन गर्दै मंगलवार पार्टीका असन्तुष्टहरुले पत्रकार सम्मेलन गरि सामूहिक रुपमा पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उनीहरुले पार्टी भित्र कुनै छलफल नै नगरि अन्धाधुन्द ढंगबाट आफनो पार्टीका सांसदले एमसीसीका पक्षमा मतदान गरि अनुमोदन गराउन सहयोग पुरयाँएको भन्दै सामूहिक पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसरी पार्टी त्याग गर्नेमा पार्टीका केन्द्रीय नेता प्रेमदिप थाम्सुहाङ, लोसपा प्रदेश १ का अध्यक्ष फक्तालुङ योङहाङ, वरिष्ठ उपाध्यक्ष शरणहाङ जवेगु, सचिव दिपेश पालुङवा, लोसपा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष रन्जन सुब्बा, उपाध्यक्ष गजेन्द्र लावती, किरात खम्बुवान राष्ट्रिय समितिका संयोजक हर्कराज राई, लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

५१ जनाको सामूहिक हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ,–‘एमसीसी परियोजना देशका लागि राष्ट्रघात भएको र त्यसमा पार्टीमा उभिएका स्वाभिमानी कार्यकर्ताहरुले आजका मितिदेखिनै साधारण सदस्य समेत नरहने गरि पार्टी त्याग गरेका घोषणा गर्दछौ ।’

यसैवीच, पार्टी परित्याग पछि नयाँ पार्टी खोल्ने तयारी रहेको प्रमेदिप थाम्सुहाङले हरप्रहरन्युजलाई बताए । सबैको सम्मानको राष्ट्रिय एकता पार्टी नेपाल घोषणा गर्ने तयारी गरेको जनाएको छ । थाम्सुहाङका अनुसार यहि फागुन भित्रमा दमकमा एक कार्यक्रम गरि नयाँ पार्टीको औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको बताएका छन् ।
थाम्सुहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवानको राजनीतिबाट उदाएका नेता हुन् । कुमार लिङदेनसँग विमती जनाउँदै लिम्बुवान पार्टीबाट जसपा हुँदै हाल लोसपाको केन्द्रीय सदस्य थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : २८ बजे