७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

७२ लाखको फाल्गुनन्द प्रतिमा मिक्लाजुङमा बन्दै, आज किरात धर्मगुरुबाट शिलान्यास



 किरात समाचार : पान्थरको मिक्लाजुङ गाउपालिका वडा नं. ४ स्थित जरिबुट्टे डाडामा महागुरुको प्रतिमा शिलान्यास भएको छ ।

आज फागुन २७ गते शुक्रबार पान्थरको मिक्लाजुङ गाउपालिका वडा ४ बेहुली ढुङ्गा जरिबुट्टेडाडा स्थित किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट फाल्गुनन्दको प्रतिमा शिलान्यास गर्नु भएको हो ।

महागुरु प्रतिमा शिलान्यास कार्यक्रमका प्रमुख अतिथी किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेना सेवा अध्यक्ष केहेरसिं योङहाङ बिशेष अतिथी गुरुनिजी कानुनी सल्लाहकार भिम खत्री अतिथी दिनेश लाओतीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रममा केहेरसिं योङहाङले भने यो संसारमा मानवहरु लोपभएर जान्छ जब मानवहरुलाई सुधार गर्न अङ्सीहरुको जन्म हुने बताउनु भयो । उनले भने महागुरुलाई षड्यन्त्र गरेर राज्यको नजरमा दोषी देखाउने पनि आफ्नै समुदाय रहेको पनि बताए । उनले थपे महागुरुको अपुरो कार्यलाई पुरागर्न पामाङ मामाङको रुपमा गुरु गुरुआमाज्युहरु हाम्रो सामु हुनुहुन्छ । यसैगरी अर्का बक्ता कानुनी सल्लाहकार भिम खत्रीले भने हामी धर्मको अनुयायी रहेको बताएका थिए । त्यसैगरी भुमी आयोग पाचथर अध्यक्ष दिनेश लाओती भने यो भुमी पबित्र भुमी हो रहेको बताउदै यहाबाट उत्तरमा हिमशृङ्खालाहरु सगरमाथा फक्ताङलुङ,कंचनजंघा र चारैदिशा देख्न सकिने भएकोले रमणीय र धार्मिक महत्व बोकेको स्थल भएको बताएका थिए ।

प्रदेश सरकारको तर्फबाट ५० लाख सहयोग र मिक्लाजुङ गाउपालिका तर्फबाट साढे २२ लाख निर्माणाधीन महागुरुको प्रतिमा बन्न लागेको गाउपालिका अध्यक्ष अमरराज माखिम जनाएको छ । उनले भने यो प्रतिमा बैशाख भित्र नै उद्घाटन गर्ने पनि प्रतिबद्धता जनाए ।

यसैगरी कार्यक्रममा अतिथिहरु अङसिमाङगेन्ना सेवाका उपाध्यक्ष कमला तुम्बापो गुरुनिजी सचीवद्वय खड्ग साम्बा,टंक लिङ्देन अङसिमाङगेन्ना सेवाका उपाध्यक्ष कमला तुम्बापो ,गुरु पूर्व निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरुनिजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ,माङ्सेबुङ हेरिटेज प्राली अध्यक्ष शेरबहादुर लाओती गुरु निजी कानुनी एन।एस फागो , मिक्लाजुङ गापा उपाध्यक्ष उर्मिला राइ वडा नं।२ को अध्यक्ष सन्तोस सेर्मा, वडा अध्यक्ष अबिशन लाओती लगायत किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मिक्लाजुङ गाउपालिका अध्यक्ष अमरराज माखिमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वडा नं। ४ का अध्यक्ष रामकुमार राइले गरेको थियोे भने कार्यक्रम संचालन आयुष विक्रम तुम्बापोले गरेका थिए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : ५४ बजे