७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

स्थानीय तहको निर्वाचन उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते



काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय भएको छ ।
आज शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको सूची अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता तय गरिएको हाे । आयोगको सूचीअनुसार उम्मेदवारी दर्ता गर्न २ दिनको समय छुट्याइएको छ । दुई दिनभित्र उम्मेदवारी दिएपछि उजुरी दर्ता, जाँचबुझ प्रक्रिया सकाइनेछ ।

वैशाख  १६ मा उम्मेदवारको नाम सार्वजनिक गरिने आयोगले जनाएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेका लागि समय दिएको छ । १६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : ३४ बजे