किरात समाचारः किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङमा प्राज्ञिकहरुको समुह किरात साम्नी यम्बुगेनको सार्वजानिक कार्यक्रम भएको छ ।
शुक्रबार माङसेबुङको गुरुआश्रमको भवनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङको देवउपस्थितिमा प्राज्ञिकहरुको समुह किरात साम्नी यम्बुगेन (किरात प्रज्ञा प्रतिष्ठान) को सार्वजानिक कार्यक्रम भएको हो ।

किरात धर्मको इतिहासमा पहिलो पटक स्थापना भएको किरात भाषा, किरात लिपी र मुन्धुमी साहित्यको लागि यम्बुगेनको कुलपति किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङदेन रहनुभएको छ ।
यस्तै उपकुलपतिमा क्रमश किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र विज्ञ उपकुलपति प्राज्ञ हरिचन्द्र लाओती रहनेछन् ।

विज्ञ सदस्यहरुमा क्रमश, पुर्व गुरुनिजी सचिव माङमिङसोहाङ लिङदेन, लछामी सेर्मा पापोहाङ, सेर्मा साम्जीरी सेमी, किरात धर्मगुरु निजी कानुनी सल्लाहकार एन.एस फागो, भिमा खजुम मुसुम, तेजबहादुर थलङ मनप्रसाद, आङबुहाङ अबोध अविरल र भिम गुरुङ सदस्य सचिव भगिहाङ नेम्बाङ रानीटारे साइला रहेका छन् ।

लेखकहरुमा, ललितचन्द्र फियाक, खडक सम्बाङफे नाजिरिहाङ, बुद्धहाङ नेम्बाङ, हरि हुक्पा चोङबाङ, इन्द्र आङदेम्बे साङजोत्लुङ, कल्पना लिङदेन, पूर्णकुमारी लिङदेन मनोनित भएका छन् भने सल्लाहकारहरुमा क्रमश, संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, संघकै महासचिव डिपी साम्पाङ, गुरु निजि सचिव खडक साम्बा रहेका छन् ।

कार्यक्रममा यम्बुगेनका कुलपति किरात धर्मगुरुले नया समितिलाई आशिर्वाद आशिर्वन समेत प्रदान गर्नुहुदै उपकुलपति, विज्ञ उपकुलपति, लेखक, सहल्लाहकारहरुलाई किरात धर्मगुरु हस्ताक्षरित डाइरी, फुलमाला, र माङफुङ प्रदान गर्नुभएको थियो ।

यम्बुगेन औपचारिक घोषणा कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य संघका अध्यक्ष तथा उपकुलपति डकेन्द्रसिं थेगिमले गरेभने सफथ ग्रहणका लागि माङगेन्ना सेवा समितिका अध्यक्ष तथा उपकुलपति केहेरसिं योङहाङले गर्नुभएको थियो ।