७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेवासाबाको २४ औ स्थापना दिवश सम्पन्न



किरात समाचार: किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको स्थापना दिवस तथा बार्षिक कार्यक्रम सम्पन्न भएको छ ।

आज शनिबार माङ्सेवासाबाको २४ औ स्थापना कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथी किरात चोलुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको हस्तबाहुली दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरिएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ अङ्सिमाङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङ्हाङ किरात धर्म तथा साहित्य उत्थान अध्यक्ष डकेन्द्रसिंह थेगिम , किरात साम्यो हक्चात यक्चम अध्यक्ष मनकुमार आङबुहाङ , मुन्धुमविद ज्योतिर्विद्य डा. चन्द्रकुमार सेर्मा , माङगेन्ना सेवा सदस्य पुर्ण कार्कि ढोली लगायत रहनु भएको थियो ।

यसैगरी बिगत देखि संगठनमा पुर्याएको सहयोग र योगदानको उच्च मुल्यांकन गर्दै साहित्यकार तथा साङदाङगेन वारुमसाबा माङ्सेबुङ अमदेन निवासी इन्द्रहाङ आङ्देम्बे लाई सम्मान गरिएको कार्यक्रममा किरात साम्यो माङ्सेवासाबा नेवाला अध्यक्ष हरि थोक्लिहाङ , पदम चोङबाङ लिम्बू , इन्द्रहाङ आङ्देम्बे, तुम माङ्सेवासाबा मनप्रसाद थङलङ लिम्बु , डा. चन्द्रकुमार सेर्मा , डकेन्द्रसिंह थेगिम , केहेरसिं योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको अध्यक्ष बलराम खजुमको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सन्चहाङ सङबाङफेले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : ४२ बजे